ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बच्चामा मुटुसम्बन्धी समस्या भएमा केही लक्षण देखिन्छन् : डा. विष्ट

Lumbini Darpan 2 २०७९ कार्तिक ९, बुधबार १४:३४
[sharethis-inline-buttons]

लुदअ, काठमाडौं

बालबच्चामा मुटुसम्बन्धी कुनै समस्या भएको कसरी थाहा हुन्छ ? त्यसको कुनै लक्षण देखिन्छ ? उनीहरुमा मुटुको के कस्तो समस्या हुनसक्छ ? यसको पहिचान र उपचार कसरी हुन्छ ? हरेक आमाबुवामा उठ्ने प्रश्न हो यो । यसै विषयमा मुटुरोग विशेषज्ञ डा. माधव विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

बालबालिकामा मुटुसम्बन्धी कस्तो समस्या देखिन्छ ?

बालबच्चामा जन्मने बित्तिकै धेरै स्वास्थ्य समस्या देखिन सक्छन् । जसमध्ये एक हो बाल मुटुरोग । बालमुटु रोगमध्ये जन्मजात मुटुरोग, मुटुमा प्वाल हुने, चालमा घटबढ, मुटु बाथरोग लगायत पर्छन् ।

बच्चामा मुटुको समस्या जन्मजात हुन्छ कि पछि हुन्छ ?

यो प्राणघातक रोग बालबालिकामा जन्मजात नै हुनसक्छ । कतिपय बालबालिकामा भने जन्मिएपछि पनि मुटुरोग देखिन सक्छ । गर्भावस्थामा मुटु र रक्तवाहिनी नसाको विकासमा समस्या आएमा यो रोग लाग्न सक्छ । गर्भावस्था पहिलो ६ हप्तामा बच्चाको मुटुले आकार लिन थाल्छ र बच्चाको मुटुको धड्कन आउँछ ।

यस समयमा हुदयमा पुग्ने रक्तकोषिका पनि विकसित हुन थाल्छन् । यस अवधिमा कतिपय औषधि, आनुवंशिक कारण धेरै बालबालिकालाई मुटुको समस्या हुनसक्छ । त्यस्तै, कतिपय बालबालिकामा जन्मेपछि मुटुको समस्या देखिन थाल्छ । जसमा एउटा बाथ हृदयरोग हो ।

बाथरोगले निम्त्याउने मुटुरोग पनि एक समस्या हो । यो रोग संक्रमणका कारण लाग्छ । घाँटीमा टन्सिल भएर मुटुमा हान्छ र यसले जटिलता निम्त्याउँछ । त्यो संक्रमणले भल्बमा असर गर्छ । खासगरी यसले मुटुको भल्ब जाम हुने, मुटुको कोठामा भएको भल्बहरु कमजोर बनाउने, खुकुलो बनाउने जोखिम हुन्छ । साथै, मांसपेशीको सुजन र मुटुको धड्कन अनियमित बनाइदिन्छ । बच्चा जन्मिएको ७ देखि १५ वर्षको उमेरमा मुटुको बाथरोग जोखिम हुन्छ ।

त्यस्तै अर्को भनेको रिमाटिक फिभर हो । यसले पनि पछि गएर बच्चाको मुटुको भल्बमा असर गर्छ ।

आमाको गर्भमा रहँदा बच्चाको मुटुमाथिको प्वाल सक्रिय हुन्छ । जब बच्चा जन्मिन्छन्, त्यो प्वाल स्वतः बन्द हुन्छ । तर कतिपय बच्चामा यस्तो हुँदैन । जन्मिसकेपछि पनि त्यो प्वाल बन्द हुँदैन, यो एउटा समस्या हो । कति बच्चाको मुटुमा एकदमै सानो प्वाल हुन्छ । यसले खासै दुःख दिंदैन, तर कतिमा भने ठूलो प्वाल हुनसक्छ ।

के कारणले बच्चामा मुटुको समस्या हुनसक्छ ?

यसमा ठोस कारण भन्ने छैन । गर्भमा शिशु रहँदा आमालाई संक्रमण भएमा शिशुमा मुटुरोग देखिन सक्छ । त्यस्तै, परिवारमा पहिला कसैलाई मुटुरोग छ भने पनि शिशुमा देखिने सम्भावना हुन्छ ।

जन्मजात मुटुरोगमा के कस्ता समस्या हुन सक्छन् ?

जन्मजात देखिने मुटुरोगमा बच्चाको उमेर अनुसार मुटु फेल हुने, बच्चाहरुले दूध चुस्न नसक्ने, स्वाँ-स्वाँ हुने, निमोनिया भइराख्ने हुन्छ । त्यस्तै, मुटुले सही ढंगले काम नगरे जन्मजात हृदयरोगबाट पीडित बालबालिकाको फोक्सोमा संक्रमण हुने सम्भावना रहन्छ । यस्ता बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ ।

बच्चामा मुटुको समस्या भएमा के लक्षण देखिन्छ वा कसरी थाहा पाउन सकिन्छ ?

शिशुलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, ओठ अनुहार निलो हुने, मुटु हल्लिने, छाती दुख्ने, चाँडो थाक्नेजस्ता यसका लक्षण हुन् ।

सन्तान गर्भमा रहँदा पनि मुटुरोग छ छैन थाहा पाउन सकिन्छ ?

अहिले प्रविधिले फड्को मारिसकेको छ । बच्चालाई मुटुको समस्या छ वा छैन भनेर इको कार्डियो गरेर हेर्न सकिन्छ । जन्मजात नै मुटुसम्बन्धी समस्या छ भने त्यसलाई पनि पत्ता लगाएर उपचारको निक्र्यौल गर्न सकिन्छ ।

यो रोग निको पार्न सकिन्छ ?

मुटुको प्वालको अवस्था हेरेर निको हुन्छ वा हुँदैन भन्न सकिन्छ । जन्मजात नै प्वाल भएका बच्चालाई बचाउने सम्भावना कम हुनसक्छ । यस्तो समस्या भएको बच्चा जमिन्मंदै कालो नीलो देखिने हुन्छ ।

बच्चामा मुटुको समस्या भएमा कस्तो उपचार गर्न सकिन्छ ?

मुटुमा ठूलो प्वाल भएका बच्चालाई निमोनिया भइरहने हुँदा विशेष उपचारको आवश्यकता पर्छ । एकदेखि डेढ वर्षभित्रमा शल्यक्रिया गरेर ती ठूला प्वाल बन्द गर्नुपर्छ । धेरै ढिलो भए प्वाल बन्द गर्न नसकिने हुन्छ ।

मुटुको प्वाल टाल्न शल्यक्रिया सकिन्छ । तर मिल्ने पाइप छ भने शल्यक्रिया नगरी पनि सकिन्छ, तर पाइप नमिल्ने छ भने ओपन हार्ट सर्जरी गरेर पनि टाल्न सकिन्छ । त्यस्तै यो शल्यक्रिया गर्दा रगतको नसा अलग ठाउँबाट आएर अलग ठाउँमा जान सक्छ, त्यसलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ ।

कुन अवस्थामा बच्चालाई अस्पताल ल्याउनुपर्छ ?

बच्चालाई कुनै पनि स्वास्थ्य समस्या भएमा दूध चुस्न छाड्यो । ज्वरो आयो, निमोनिया, रुघाखोकी, तौल नबढ्ने भएमा अस्पताल लैजानुपर्छ ।

मुटुको समस्या भएमा बच्चामा कुनै जटिलता आउन सक्छ ?

मुटुरोग देखिएका बालबालिकामा जटिलता भनेको मुटु फेल हुने हुन्छ । मुटुको चाल गडबड भएर मृत्यु समेत हुनसक्छ ।

बच्चालाई मुटुसम्बन्धी समस्याबाट मुक्त गर्न के गर्ने ?

बच्चा गर्भमा हुँदा नै नियमित स्वास्थ्य जाँच गराउने, चिकित्सकको अनुसार औषधि खाने, खानपानमा विशेष ध्यान दिने गर्नुपर्छ । यो बेलामा संक्रमणबाट जोगिनुपर्छ । कुनै लक्षण देखिनासाथ चिकित्सककहाँ पुयाउनुपर्छ । बच्चाको खानपान र पोषणमा विशेष ध्यान दिनुपर्छ ।

अनलाईन खबरबाट साभार

प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १४:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech