हरि आचार्य, कपिलवस्तु
अतिरिक्त क्रियाकलापसंगै पढाईमा अब्बल स्काईलार्क स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कूलमा विद्यार्थीलाई निर्वाचन आचारसंहिता, निर्वाचन प्रणाली तथा मतदान शिक्षाका साथै नेतृत्व विकास गर्ने उद्देश्यका साथ निर्वाचन गरिएको छ । विद्यालयमा कप्तान तथा उप–कप्तानको चयनका लागि निर्वाचन सम्पन्न भएको प्राचार्य तोलाकान्त डुम्रेले जानकारी दिनुभएको छ । उक्त निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरु गरी ४ सय ३५ जनाले मतदान गरेका थिए ।
विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले मतपेटीकामा मतदान गरी शुभारम्भ गर्नु भएको थियो ।
निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको रुपमा विद्यालयका शिक्षक केशव पुरीलाई प्रशासकीय प्रमुख धुर्ब पौडेलद्धारा नियुक्त गरिएको थियो भने निर्वाचन सहायक अधिकृतको रुपमा विद्यालय शिक्षक अभिषेक गौतम तथा बिनोद भण्डारीलाई नियुक्त गरिएको थियो ।
निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन सहयोगीको रुपमा शिक्षक दिपक पौडेल, मनिष पंगेनी, ममता थापा, माधुरी गुप्ता तथा लिला पाठकले सहजीकरण गर्नु भएको थियो । निर्वाचन गतिविधिको सुपरिवेक्षण राम प्रसाद अधिकारी तथा अमर कँडेलले गर्नु भएको थियो । निर्वाचनमा छात्रा र छात्रकप्तान तथा उपकप्तानका लागि ३/३ जना गरी कुल १२ जना विद्यार्थीेहरुले उमेद्वारी दिएका थिए ।

उक्त निर्वाचनको नतिजा ६ गते प्रकासन गरिने प्रमुख निर्वाचन अधिकृतले जानकारी गराउनु भयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निर्वाचनको महत्व, आवश्यकता, मतदाता शिक्षा, मतदान प्रक्रिया, बदर मत कसरी कम गर्ने लगायत निर्वाचनबारे विस्तृत जानकारी गराउने उद्देश्यले निर्वाचन गरिएको विद्यालयका प्राचार्य डुम्रेले बताउनुभएको छ ।




















