बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा सञ्चालन गरेको छ । नगरपालिकाले शंकरपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अल्टो सञ्चालनमा ल्याएको हो ।
तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाण र उपमेयर जागेश्वदेवी चौधरीले महिला चालक इन्द्रकला श्रेष्ठलाई साँचो हस्तान्तरण गरेर निःशुल्क अटोरिक्साको शुभारम्भ गरेका छन् ।
मेयर खाणले भौतिक र मानवीय विकासमात्रै नभई नगरवासीलाई सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताए ।



















