ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

२ महिनासम्म घटेको आयात तेस्रो महिनामा बढेर ४ खर्ब ७ अर्ब रुपैयाँ पुग्यो

Lumbini Darpan 2 २०८० कार्तिक १२, आईतवार १६:३१
[sharethis-inline-buttons]

लुदअ, काठमाण्डौ
चालु आर्थिक वर्षको दुई महिनासम्म घटेको आयात तेस्रो महिना अर्थात् असोजमा बढेको छ । बजारमा देखिएको आर्थिक मन्दीको असरले गर्दा साउनमा साढे एक प्रतिशत र भदौमा पाँच प्रतिशतले घटेको आयात व्यापार असोजमा भने बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार साउनदेखि असोजसम्म चार खर्ब सात अर्ब ७५ करोड रुपैयाँको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तीन महिनामा चार खर्ब रुपैयाँको वस्तु आयात भएकोमा अहिले एक दशमलव ६९ प्रतिशतले बढेको विभागले जनाएको छ । असोजमा मात्र नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । चाडपर्वमा खपत हुने सामान र बर्खा सकिएकाले विकास निर्माणका सामग्रीको आयात बढ्दा समग्रमा आयात बढेको विभागको तथ्याङ्कले देखाएको छ ।

आयात बढे पनि निर्यात भने घटेको छ । तीन महिनामा नेपालले ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । तर अघिल्लो आर्थिक वर्षको तीन महिनामा नेपालले ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपालको निर्यात व्यापार दुई दशमलव २६ प्रतिशतले घटेको छ । साउनदेखि असोजसम्म तीन महिनामा समग्रमा नेपालको वैदेशिक व्यापार एक दशमलव ३१ प्रतिशतले बढेर चार खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा बढेको छ । व्यापार घाटा अघिल्लो वर्षको तीन महिनाको तुलनामा दुई दशमलव १५ प्रतिशतले बढेको हो । तीन महिनामा सबैभन्दा धेरै ५८ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरैको पेट्रोल, डिजल र एलपी ग्यास आयात भएको छ । यस्तै ११ अर्ब रुपैयाँको खाद्यान्न, १४ अर्ब ३२ करोड रुपैयाँको घिउतेल, १३ अर्ब रुपैयाँको रासायनिक मल, १५ अर्ब रुपैयाँको प्लास्टिकजन्य वस्तु, ३५ अर्ब रुपैयाँको फलाम र फलामबाट बनेका वस्तुको आयात भएको छ । यस्तै निर्याततर्फ एक अर्ब १९ करोड रुपैयाँको चिया, एक अर्ब ८९ करोड रुपैयाँको अलैँची, एक अर्ब १४ करोड रुपैयाँको पाम आयल, एक अर्ब ६० करोड रुपैयाँको ताजा जुस लगायतका वस्तु नेपालले बेचेको छ ।


प्रकाशित : २०८० कार्तिक १२, आईतवार १६:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech