हरि आचार्य, कपिलवस्तु
१६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ मा आकर्षकको रुपमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने भएको छ ।
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा नयाँ र आकर्षणको रुपमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने डान्स आईडल संयोजक पदम सेनले जानकारी दिनुभयो । सम्पर्कका लागि लागि बुद्द रंगशाला स्थीत बाणगंगा वेयलफेयर सोसाईटीको सचिवालयमा सम्पर्क गर्नु पर्नेछ ।



















