ताजा अपडेट

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

लुम्बिनी दर्पण २०८३ आश्विन २५, आईतवार १७:३३
[sharethis-inline-buttons]

लुदस, शीतगंगा

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले अर्घाखाँचीको शीतगंगा नगरपालिका–१३ स्थित मुसीवान खोलामा नवनिर्मित मोटरेबल पुलको उद्घाटन गरेका छन्। करिब ६ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएसँगै पहाडी बस्तीका बासिन्दालाई कपिलवस्तुसहित तराईका विभिन्न स्थानसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

आइतबार आयोजित कार्यक्रममा मन्त्री घिमिरेले शिलालेख अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गरेका हुन्। थापा इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण गरेको २५.६० मिटर लामो पुलले शीतगंगा नगरपालिका–१३ को सिमलपानी तथा मुसीवान क्षेत्रका बासिन्दाको आवागमन सहज बनाउने विश्वास गरिएको छ।

पुल उद्घाटन कार्यक्रममा स्थानीयको वर्षौँदेखिको समस्या, पहाड र तराईबीचको सम्बन्ध, ग्रामीण पूर्वाधार निर्माण तथा विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषयले प्राथमिकता पाएका थिए।

कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री घिमिरेले जनताले दिएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर विकास निर्माणका काममा लागिरहेको बताए। ग्रामीण क्षेत्रमा सडक र पुल निर्माणले विकासको आधार तयार गर्ने उल्लेख गर्दै उनले यस्ता पूर्वाधारले स्थानीयको जीवनस्तर सुधार्न सहयोग पुर्‍याउने धारणा राखे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई लक्षित गर्दै आफ्नै सांसद, कार्यकर्ता र जनतासँग भेटघाट नगर्ने प्रधानमन्त्री तथा नेताहरूबाट देशको विकास हुन नसक्ने टिप्पणी गरे। एमाले र कांग्रेसभन्दा राम्रो पार्टी जनताले चाहेको उल्लेख गर्दै उनले जनताको मनोभावना बुझेर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

मन्त्री घिमिरेले अर्घाखाँची जिल्लाको विकासका लागि विनियोजित बजेट सङ्घीय सरकारले उल्लेख्य रूपमा कटौती गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। प्रदेश सरकारको कार्यकाल धेरै नरहेको सन्दर्भ उल्लेख गर्दै उनले आगामी दिनमा विकास निर्माणको जिम्मेवारी लिनुपर्ने विषयमा रास्वपाको ध्यानाकर्षण गराए।

पहाड र तराईलाई विकासले जोड्नुपर्छ : पन्थी

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले पहाड र तराईबीचको सम्बन्धलाई विकासका माध्यमबाट थप बलियो बनाउनुपर्ने बताए। पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपज तथा अन्य वस्तुलाई सहज रूपमा तराईका बजारसम्म पुर्‍याउन सके स्थानीयको आम्दानी बढ्ने उनको भनाइ थियो।

पन्थीले पुल तथा सडकजस्ता पूर्वाधार निर्माणलाई स्थानीयको आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए। भौतिक संरचना निर्माण हुनु मात्रै पर्याप्त नभई त्यसको उपयोगबाट स्थानीयले आर्थिक लाभ प्राप्त गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।

मुसीवान खोलामा पुल निर्माण भएपछि पहाडी बस्तीका बासिन्दालाई कपिलवस्तुका बजारसम्म पुग्न सहज हुने र कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयको वर्षौँदेखिको माग पूरा

 

मुसीवान खोलामा मोटरेबल पुल नहुँदा स्थानीय बासिन्दाले वर्षौँदेखि आवागमनमा कठिनाइ भोग्दै आएका थिए। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। यसअघि स्थानीयले झोलुङ्गे पुल प्रयोग गरेर खोला वारपार गर्दै आएका थिए।

मोटरबाटो गाउँसम्म पुगे पनि मोटरेबल पुल नहुँदा यातायात सञ्चालनमा समस्या हुँदै आएको स्थानीय बताउँछन्। अहिले पुल निर्माण सम्पन्न भएपछि बजार, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा तराईका अन्य क्षेत्रमा पुग्न सहज हुने उनीहरूको अपेक्षा छ।

स्थानीय ऋषीराम बिसीले पुल निर्माणले लामो समयदेखिको समस्या समाधान गर्न सहयोग पुग्ने बताए। “धेरै दुःख भोगियो। पुल नहुँदा बजार झर्न गाह्रो थियो। पछि झोलुङ्गे पुल बनेपछि केही सहज भयो। अहिले मोटरबाटो गाउँसम्म बनेको छ र मोटरेबल पुल पनि निर्माण भयो। यसले हामीलाई निकै खुसी बनाएको छ,” उनले भने।

पुलले आवागमन सहज बनाउनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन, ढुवानी खर्च घटाउन र ग्रामीण क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पाँचवटा पुल निर्माण सम्पन्न

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारका योजनाअन्तर्गत यस वर्ष शीतगंगा नगरपालिकामा पाँचवटा पुल निर्माण सम्पन्न भएको जानकारी दिइयो। ती पुलले नगरपालिकाका वडा नम्बर ९, ११, १३ र १४ लाई कपिलवस्तुको तराई क्षेत्रसँग प्रत्यक्ष जोड्न सहयोग पुर्‍याएका छन्।

भौगोलिक रूपमा पहाडी क्षेत्रमा पर्ने शीतगंगाका बस्तीलाई तराईको सडक सञ्जालसँग जोड्ने कार्यले स्थानीयको आवागमन सहज बनाउनुका साथै व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट क्षेत्रीलगायतले सम्बोधन गरेका थिए। बाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रम शीतगंगा नगरपालिका–१३ का वडाध्यक्ष दुर्गा बिसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो अवसरमा वडाध्यक्ष बिसीले निर्वाचनका क्रममा स्थानीयसँग गरेका प्रमुख प्रतिबद्धतामध्ये मुसीवान खोलामा पुल निर्माण गर्ने काम पूरा भएको बताए। उनले वडाभित्र प्रतिबद्धता जनाएका काममध्ये करिब ९५ प्रतिशत पूरा गरेको दाबी गर्दै विकास निर्माणका गतिविधिमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

मोटरेबल पुल निर्माणसँगै स्थानीयले भोग्दै आएको आवागमनको कठिनाइ कम हुने अपेक्षा गरिएको छ। अब पुलसँग जोडिएका सडकको स्तरोन्नति, नियमित मर्मतसम्भार र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिन सके यसबाट प्राप्त हुने लाभ अझ प्रभावकारी हुने देखिन्छ।


प्रकाशित : २०८३ आश्विन २५, आईतवार १७:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
प्रतिक्रिया

यो पनि पढौँ

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

भर्खरै

  • मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

  • अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

  • प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

  • नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

  • ३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

  • वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech