ताजा अपडेट

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

लुम्बिनी दर्पण २०८३ मंसिर २, बुधबार २१:४४

लुदस, जीतपुर

कपिलवस्तुको बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्ध रंगशालामा १७औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ। आगामी मंसिर १७ गतेदेखि  २९ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीलाई आयोजकले तीव्रता दिएको छ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई भव्य र व्यवस्थित बनाउन आन्तरिक तयारीसँगै रंगशालामा आवश्यक भौतिक संरचना निर्माणको काम अघि बढाइएको आयोजकले जनाएको छ।

महोत्सवमा कृषि, उद्योग, पर्यटन तथा स्थानीय व्यवसायसँग सम्बन्धित उत्पादन, प्रविधि र उद्यमशीलताका गतिविधिलाई विशेष प्राथमिकता दिइने भएको छ। युवालाई स्वदेशमै उद्यम तथा व्यवसाय सञ्चालन गर्न सकिने सम्भावना र अवसरबारे जानकारी गराउने उद्देश्यले स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शनीलाई विशेष महत्त्व दिइएको आयोजकले जनाएको छ।

आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक गणेश क्षेत्रीले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादन, व्यवसाय र आर्थिक गतिविधिको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए। उनका अनुसार कृषि, उद्योग र पर्यटन क्षेत्रका सम्भावना उजागर गर्दै युवालाई स्वरोजगार तथा उद्यमशीलतातर्फ आकर्षित गर्ने कार्यक्रमसमेत समावेश गरिनेछ।

महोत्सवमा सांस्कृतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिका साथै लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना र ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसार, शैक्षिक गतिविधि तथा स्थानीय कला, संस्कृति र पहिचान झल्काउने सामग्रीलाई समेत प्रदर्शनीमा समेट्ने तयारी गरिएको छ।

आयोजकका अनुसार महोत्सवले कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विशेषतालाई प्रदेश र राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। जिल्लाभित्र रहेका उत्पादन, व्यवसाय, पर्यटन तथा लगानीका अवसरलाई बाहिरसम्म परिचित गराउँदै स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसमेत राखिएको छ।

आयोजक संस्थाका निर्देशन हुमनाथ पौडेलले महोत्सवलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट प्रदर्शनीका रूपमा स्थापित गर्ने गरी तयारी भइरहेको बताए। उनले जिल्लाका आन्तरिक तथा घरेलु उत्पादनलाई प्राथमिकतामा राखेर उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने प्रयास गरिने जानकारी दिए।

महोत्सवका महासचिव नवदत्त घिमिरेले स्थानीय उत्पादन र प्रविधिको प्रदर्शनमार्फत व्यवसायी तथा उद्यमीलाई प्रोत्साहन गर्ने योजना रहेको बताए। उनका अनुसार महोत्सवलाई व्यापारिक गतिविधिसँगै कृषि, पर्यटन र औद्योगिक क्षेत्रको विकासका सम्भावना उजागर गर्ने अवसरका रूपमा उपयोग गरिनेछ।

जिल्लाको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने अपेक्षासहित आयोजना हुन लागेको महोत्सवले कपिलवस्तुको पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको संस्थाका कोषाध्यक्ष धिरज खनालले बताए ।


प्रकाशित : २०८३ मंसिर २, बुधबार २१:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने
  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
प्रतिक्रिया

यो पनि पढौँ

कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

भर्खरै

  • कपिलवस्तुको पहिचान राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित १७औँ महोत्सवको तयारी

  • धार्मिक आस्था र सांस्कृतिक मनोरञ्जनको महासंगम बन्दै लक्ष्मणघाट पूर्णिमा मेला

  • कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

  • कपिलवस्तुमा ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

  • बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

  • चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

  • छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

  • न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा

  • आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech