ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बिविध कार्यक्रम गरी मनाइयो

लुम्बिनी दर्पण २०७७ मंसिर २५, बिहीबार २२:३१

थानेश्वर अधिकारी,जितपुर ।

कपिलवस्तुमा आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार बिबिध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा मानव अधिकार महाभेला जिल्ला समन्वय समितिको आयोजना तथा मानव अधिकार एलाइन्स कपिलवस्तु र शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल लगायत करिव एक दर्जन संस्थाको सहकार्यमा ‘कोरोना महामारीमा मानव अधिकारको अवस्था र कार्यन्वयन र चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष तथा मानव अधिकार महाभेला लुम्बिनी प्रदेश संयोजक पोमनारायण पौडेलले मानव अधिकार प्रति राजनीतिक दलको अहम भूमिका रहने हुनाले मानव अधिकार हनन् गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण गर्नु अपराध हुने बताएका छन् । मानव अधिकार गर्भ देखी चिहान सम्म हुने हुनाले यसमा सबै संवेदनशिल हुनुपर्नेमा उनले जोड दिएका छन् ।

नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मानव अधिकारको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताएका छन् । अहिले सबैभन्दा बढी सुधार गर्नु पर्ने न्यायलय रहेको हुनाले सो बाट हुने सेवा प्रवाहलाई प्रभावकारी र बिश्वसनिय बनाउनुपर्ने बताएका छन्

नेपाली कांग्रेसका जिल्ला सदस्य रबि बहादुर काफ्लले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने भएकाले मानव अधिकार संरक्षणका लागि आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिद्धार्थ क्याम्पसमा पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले आत्मज्ञान नभएका व्यक्तिहरुले मानव अधिकार उल्लंघन गरेकाले सबैले विवेकपुर्ण व्यवहार गर्न सके समृद्ध समाज बन्न सक्ने बताएका छन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरिक्षक दिनेश गुरुङले स्वेच्छाचारी पक्राउलाई कानुनले निषेध गरेको हुनाले प्रहरीको परिचालन गर्दा व्यक्तिको अधिकार हनन नहुने गरी परिचालन गरिने बताएका छन् । साथै अपराधमा राजनितिकरण र राजनितिमा अपराधीकरण हुन नहुने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी अम्बिका पौडेल, मानव अधिकार समुहकी अध्यक्ष इन्दिरा भट्टराई, इन्सेक प्रतिनिधी पार्वती आचार्य, सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व कोषाध्यक्ष तिलोचन घिमिरे, सदस्य चेतना अधिकारी, रेडियो हर्टबिटका निबर्तमान अध्यक्ष कृष्ण भट्टराई, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने, दिलबहादुर कार्की, सिद्धार्थ क्याम्पसका प्रध्यापक गोविन्द खनाल, बा.न.पा.वडा नं. ४ की महिला वडा सदस्य इन्दिरा पन्त लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले संस्थाले हाल सम्म गरेका गतिबिधिबारे जानकारी गराएका थिए । मानव अधिकार एलाइन्स कपिलवस्तु , शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,सिद्धार्थ सामाजिक विकास केन्द्र, नेपाल पत्रकार महासंघ,कपिलवस्तु, गैसस कपिलवस्तु,नेपाल युवा संस्था संजाल, शान्तिका लागी नागरिक सञ्जाल,नेपाल बार यशोसियसन,कालिका स्वावलम्बन सामाजिक केन्द्र,माहुरी होम,अपांग उत्थान समाज,नेपाल मानव अधिकार संगठन, दलित मानव अधिकार निगरानी समुह, मानव अधिकार तथा शान्ति समाज नेपाल,घरघरमा किताव तथा आत्मनिर्भर विकास संस्था लगायतको सहकार्य रहेको कार्यक्रम मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षता ,मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका अध्यक्ष गोबिन्दराज पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रम शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यसै क्रममा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले बाणगंगाको चार नम्बर जीतपुर चोकमा बिहीबार प्लेकार्ड सहित प्रदर्शन गरेको छ । चार नम्बर जीतपुर चोकमा अधिकारकर्मीहरुले ४५ मिनेटसम्म प्रदर्शन गरेका हुन् ।आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैन भन्ने मूल नारासहित कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले ‘युद्ध रोकौँ, शान्ति प्रवद्र्धन गरौँ,’ ‘युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,’ ‘युद्ध निषेध, शान्ति विशेष’, ‘आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाईदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रकाशित : २०७७ मंसिर २५, बिहीबार २२:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech