लुदअ कपिलवस्तु, चैत २
आज विश्व उपभोक्ता अधिकार दिवस, दिवसको अवसर पारी मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाले जिल्ला प्रसासन कार्यालय कपिलवस्तुका साथ कपिलवस्तुका सबै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ ।

उपभोक्ताहरु आफुले खरिद गर्ने बस्तुको गुणस्तर र मुल्य मा ठगिन नपरोस् साथै राज्यले प्रकाशन गरेका सिक्का पैसाको लेनदेनमा धेरै पसलहरुमा आनाकानी हुने भएकोले यस तर्फ राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराईएको हो ।
केन्द्रिय सदस्य दिलिप कार्कीको नेतृत्वमा कपिलवस्तु शाखा सभापति गोबिन्द पोख्रेल, सचिब माधव घिमिरे, प्रेस संयोजक बुद्दिसागर बेल्बासे, सदस्य राधिका आचार्य समाजसेवी चतुरर्भुज पाण्डे लगायतको उपस्थितिमा बाणगङ्गा नगरपालिकाका निमित्त प्रमुख खिम बहादुर जिसिलाई ज्ञापन पत्र बुझाइ उपभोक्ता को हक हित र संरक्षणमा ध्यानाकर्षण गराइएको हो ।




















