शान्ति समाज कपिलवस्तुद्धारा जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, चैत्र ७
विश्वव्यापी रुपमा महामारीका रूपमा फौलिराखेको कोरोना भाइरस सम्बन्धमा नागरिक सहकार्य सम्बन्धि मानव अधिकार तथा शान्ति समाज खुल्ला कार्यक्रम कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । विश्वमै महामारीको रुप लिएको कोरोना भाईरसको नियन्त्रणका लागि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेल समक्ष ज्ञापनपत्र बुझाएको शमे । सो सम्बन्धमा उक्त नागरिक सहकार्य सम्बन्धी पत्र समाजका जिल्ला सभापति गोविन्द पोख्रेलले वाचन गरी सहभागीहरुलाई सुनाएका थिए ।

ज्ञापन पत्रमा भाइरसबाट बच्नका लागि गरिने पूर्व सतर्कता सम्बन्धी कार्यक्रम हरु समावेश गरिएको थियो। जिल्ला व्यापि रूपमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा कालोबजारी नियन्त्रणमा अनुगमन गर्ने र विभिन्न किसिमको कृतिम अभाव सृजना गरी उपभोक्ताहरुमा जुन आतंकित वातावरण सिर्जना गर्न खोजिएको बारे सत्य तथ्य सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको थियो ।

त्यस्तै जिल्लामा कोरोना भाईरसको न्दर्भमा के कस्ता सचेतना कार्यक्रम भैरहेका छ्न्, यस्को रोकथामका बारेमा कस्ता कदम चालिदैछ्न भन्ने कुरामा जिज्ञासा राखेको समाजका जिल्ला सदस्य माधव घिमिरेले जानकारी दिए ।
उक्त कार्यक्रमको प्रसंसा गर्दै जिला अधिकारिले सो कार्यक्रमले समाजमा सकारात्मक असर गर्ने भन्दै आगामी दिनमा पनि अझै सह्रानिय काम गर्दै जान आग्रह गरे ।

सो कार्यक्रममा पत्रकार सहित मानव अधिकार संगठनका जिल्ला अध्यक्ष राम बिहारी ठाकुर, शान्ती समाजका जिल्ला सह सचिव पशुपति मणि त्रिपाठि, समजाका जिल्ला सदस्य बुद्धि सागर बेल्बासे, बसन्ती कुवर, माधव घिमिरे र अधिकारकर्मी ज्योती पाण्डे लगाएत अन्यको उपस्थिति रहेको समाजका जिल्ला सदस्य माधव धिमिरेले जानकारी दिए ।


प्रकाशित : २०७६ चैत्र ८, शनिबार ०७:४१