नेविसंघ र तरुणको राहत जारी , वडा को राहतमा विभेद गरेको विपन्नको गुनासो

[sharethis-inline-buttons]

लुदस,
बाणगंगा नगरपालिका वडा नं ६ कि बसन्ता पुन का परिवार को आफ्नो खाने , बस्ने , थलो छैन् । स्थानिय एक व्यक्तिको घर हेरचाह गरेर मेहेनत र मजदुरी गरि दुई छाक टा¥र्दैै आएका थिए ।

तर पछिल्लो समय कोरोनाका कारण चुलो बाल्न समेत धौ धौ हुन थालेपछी उनले छिमेकिकहाँ अ‍ैचो पैचो गर्न थाले वडा बाट राहत पाउने आसमा बसेका उनको परिवार राहत लिष्टमा अटाएन् राहतबाट पनि बन्चित परिवार लक डाउन नभनी पुन काममा फर्कने निधो गरे तर काम पाउन समेत मुस्किल प¥यो, आफ्नो परिवार भन्दा अझ हुनेखानेहरुले राहत पाएको देखेपछी उनले रहस्यतर्फ लागे उनले राजनैतिक पहुँचको आधारमा राहत बाडे्को गुनासो गरेका छन् ।

वडा नं ६ मा वितरण गरिएको सरकारी राहतमा राजनैतिक हावी भएको उनी मात्र होईन अर्का विपन्न परिवारका लिल बहादुर पल्लीको पनी बुझाई छ । यता आईतबार नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघ क्षेत्र नं १ कपिलवस्तु कोरोना भाईरस , कोभिड १९० को यो विश्व महामारीको अवस्थामा आफ्नो स्वास्थ्यको प्रवाह नगरि सामाजिक कार्यमा लागिपरेका छन ।

उनी जस्ता विपन्न परिवारहरुको खोजी गर्दै वडाका स्थानियहरुले समेत तरुण र नेविसंघलाई खबर गरेपछी २३ घर परिवारलाई राहत बोकेर अभियानको टोली आएको हो । राहत पाएपछी उनीहरुले राज्यको राहतमा विभेद भएपनी तरुण र नेविसंघले आफुहरु जस्तो विपन्न परिवारको साहारा बनेकोमा हर्षित भएका थिए ।

लामो समयदेखि अभियानमा सक्रिय यो टोली लकडाउन घोषणा भईसकेपछि गरिव, विपन्न तथा गरिव परिवार एवम् आगलागि पिडितहरुको साहारा बन्दै आईरहेका छन् ।

सोहि क्रममा लकडाउनका बेला मजदुरी गरेर खाने अति बिपन्न परिवारको घरघरमा पुगेर राहत दिने कार्यलाई निरन्रता दिएका हुन् । नगरपालिकाले दिन छुटेका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री दाल, चामल, नुन, तेल र गर्मी याममा लाखुट्टेबाट बाट बच्ना लागि झुल लगायतका सामाग्री बितरण गरिएको नेविसंघ क्षेत्र नं १ सभापती चन्द्रकान्त पोख्रेलले जानकारी दिएका छन्। ।

लकडाउनले गर्दा दैनिक मजदुरी गरेर खाने परिवारलाई समस्या परेको आवाज आइरहेका बेला यस अघि पनि सरकारी पक्ष भन्दा पहिलेनै ती र त्यस्ता परिवारलाई अति आवश्यक खाद्यान्न सामग्री सहयोग गरिसकेको छ भने नगरपालिकाले बितरण गरिसक्दा समेत वास्तविक पीडितले नपाएको गुनासो र खबर थाहा पाउना साथ यो बेला आफ्नो ज्यानको जोखिम मोलेर भएपनी अती आवश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएको तरुण दलका जिल्ला सभापती शक्ति सिंह ठकुरीले बताए ।
यस्तो विषम परिस्थितीमा कुनै पार्टी नहेरि अहिले राजनीति भन्दा माथी उठेर काम गरेको भन्दै बिपन्न परिवारको घरमा चुल्हो बाल्ने उद्देश्यका साथ अगाडि बढेको ठकुरीको भनाई छ । वडा नं ६ मा तरुण र नेविसंघले गरेको यो दोस्रो चरणको राहत हो ।


प्रकाशित : २०७७ बैशाख २१, आईतवार ०४:१४