
थानेश्वर अधिकारी, २४ बैशाख २०७७ ।
अहिले बिश्व महामारीका रुपमा रहेको कोरोना भाइरस ( कोभिड–१९) को प्रकोपका कारण नेपालमा भएको लकडाउन संगै बेरोजगारीका कारण गरिब तथा बिपन्न वर्गका परिवारमा खाद्यान्नको समस्या पर्दे आइरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घले समस्यामा परेका विपन्न र पिडित व्यक्तिहरुका लागी राहत बितरण गरी बिहान बेलुकाको पेट भर्ने काममा सहयोग गर्दे आइरहेको छ ।
लकडाउन भए सँगै शुरुवात गरिएको यो अभियानमा आज सम्म आइपुग्दा करिव १५ सय परिवारलाई राहत बितरण गरिएको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले बताएका छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अभियान अन्तर्गत आज दैनिक मजदुरी गर्ने काभ्रे धुलिखेल छापागाउका १८ घर परिवार त्यसैगरी भक्तपुर ,कालो पुल ,काडाघारी ,बनेपाका साथीहरुलाई सहयोग गरेका छौ।अभियानमा संलग्न राष्ट्रिय सङ्गीतकर्मी सङ्घका महासचिव तथा बिपत व्यवस्थापन कोषका संयोजक बिक्रम जङ्ग शाह, उपाध्यक्ष द्धय अमृत खाती, उमा श्रेष्ठ , प्रवक्ता होमराज सुबेदी , केन्द्रिय सदस्य सिर्जु अधिकारी, राजकुमार हुमागाई , लगायत सम्पुर्ण सङ्गीतकर्मी सङ्घ र समन्वयको लागि सङ्घका जिल्ला अध्यक्ष अमर कृष्ण चन्द र बरिष्ठ पत्रकार आदरणीय दाइ खगेन्द्र भण्डारी लगायत सहभागी रहेका थिए ।
आजको सामाग्री सहयोग तथा व्यवस्थापन उद्योगपति गणेश सुवेदीले गरेको संस्थाका महासचिव बिक्रम जङ्ग शाहले जानकारी दिएका छन् ।