आयुर्वेद चिकित्सा पद्दतीबाट कोरोना नियन्त्रण कार्यक्रम शुभारम्भ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

संगीता भुसाल, तौलिहवा ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवा शाखाले आयुर्वेद चिकित्सा पद्दतिबाट कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम सुभारम्भ गरेको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका डा. विजय भुर्तेल सहितको टोलीले जिल्लाको शिवराज नगरपालिका रहेका दुई क्वारेन्टाइनबाट उक्त कार्यक्रम सुभारम्भ गरेको छ ।

शिवराजको सुपा देउराली रिसोर्टका २० जना र दुर्गा मन्दिरका ७ जना सहित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित ४० जना कार्यक्रममा सहभागी भएका छन् ।क्वारेन्टाइनमा रहेका मानिसहरु मानसिक तनाव र चिन्तामा रहेको भन्दै केन्द्रले “तनाव व्यवस्थापन योग प्याकेज” मार्फत ४५ मिनेटको योग अभ्यास गराएको छ । उक्त अभ्यासमा सुक्ष्म व्यायाम, योगासन, प्राणयाम, ध्यान, हास्यासन र नृत्यसहितको अभ्यास गराइको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई नियमित गुर्जी चुर्ण, आमल चुर्ण लगायत रोग प्रतिरोधात्मक क्षमता भएका आयुर्वेद औषधि शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईलाई हस्तान्तरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर भुर्तेलले बताएका छन् ।यस्तै क्वारेन्टाइनमा रहेका जेष्ठ नागरिकलाई अश्वगन्धा चुर्ण, स्तनपायी आमाको लागि शतावारी चुर्ण र बच्चाको लागि दशमूल मालिस तेल पनि वितरण गरिएको छ। क्वारेन्टाइनमा बस्दा अल्छी लागेको र घरपरिवारको याद आइरहेको समयमा रमाईलो योग, दिल खोलेर हाँस्दा र नाँच्दा मन प्रफुल्ल भएको तथा यस्तो प्रकोपको वेला अपनाउनुपर्ने स्वस्थ जीवनयापन शैली बारे जानकारी पाएको सुपदेउराली रिसोर्ट क्वारेन्टाइनमा रहेका एक व्यक्तिले बताएका छन् ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले (कोभिड १९) रोकथाम तथा व्यवस्थापनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रयोग गर्ने निर्णय गरेअनुसार कार्यक्रम अगाडी बढाईएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कपिलवस्तु जिल्लाका सम्पूर्ण क्वारेन्टाइनमा पुगीस्थानीय तहको समन्वयमा सेवा दिने कार्यालयको लक्ष्य छ । कार्यक्रममा नियमित योगाभ्यास, गुर्जो आदि रोग प्रतिरोधि चिया पान, अमला चुर्ण सेवन र जीवनशैली व्यवस्थापन परामर्श गरिने छ ।


प्रकाशित : २०७७ बैशाख २६, शुक्रबार ०६:३४