विजयनगरमा ७५ जनाको स्वाब संकलन, पिसिआर परिक्षणका लागि पठाइयो

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, बैशाख २८
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार ७५ जनाको पिसिआर स्वाब परिक्षणका लागि सङ्कलन गरिएको छ । भारतको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट लुकीछिपी गाउँपालिकाभित्र प्रबेश गरी दशगजा नजिकै एक विद्यालयमा बसेका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको हो ।

गाउँपालिकाको वडा ७ मा रहेको त्रिनेत्र आभारभूत विद्यालय मधुनगरको विद्यालयमा बसेका ७५ जनाको पिसिआर स्वाब परिक्षणका लागि संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

शिवराज अस्पताल बहादुरगञ्जको प्राविधिक र गाउँपालिका स्वास्थ्य शाखाको टीमको सहयोगमा कोरोना भाइरस परिक्षणका लागि पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाउने तयारी भएको अधिकारीले बताए ।


प्रकाशित : २०७७ बैशाख २८, आईतवार १३:५५