कपिलवस्तु जिल्लालाई शिल गर्ने निर्णय हुंदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, बैशाख २९
जिल्लामा थप आज १० जनामा कोराना पुष्टि भएपछि सुरक्षा समितिको बैठकबाट कपिलबस्तुलाई शिल गर्ने निर्णय हुने भएको छ । कपिलवस्तु जिल्लामा १५ जना सर्वसाधरणमा कोरोना भाईरसको संक्रमण देखिए पछि जिल्ला थप संवेदनशील बनेको छ । कोरोना संक्रमितको संख्या बढे पछि उक्त निर्णय हुने भएको छ ।

सो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ । कपिलबस्तुबाट शनिबार २ सय ९० जनाको स्वाब परिक्षाण गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणको लागि पठाईएको र आज ९९ को परिक्षणमा १० जनामा कोरोना पुष्टि भएका हो ।

आज आएको रिपोर्ट अनुसार यशोधरा गाँउपालिका वडा नं। ५ का ८ र बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का एक एक जना रहेका छन् । यस अघि जिल्लाको मायादेवी गाउंपालिकामा ४ जना र शुद्धोधन गाउंपालिकामा १ जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो ।


प्रकाशित : २०७७ बैशाख २९, सोमबार ०९:२५