कपिलवस्तु शिवराजमा भेटिए थप ३ जना कोरोना संक्रमित, देशभर संक्रमितको संख्या २ सय ७३ पुग्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ३ जेठ, काठमाडौं
नेपालमा फेरि कोरानो भाइरस कोभिड १९ का ३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।

आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।


प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार ०७:५३