
हरि आचार्य कपिलवस्तु, चैत्र ९
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ११ मा वडा स्तरीय कोरोना भाईरस बिपत ब्यवस्थापन समिति गठन गरिएको छ । विश्व भरि महामारिको रुपमा फैलिएको कोरोना भाईरस नेपालमा भित्रिन नदिनका लागि ३१ सदस्यीय बिपत ब्यबस्थापन समिति गठन गरिएको बताईएको छ । वडाद्धारा आयोजित कोरोना विरुद्ध परामर्श बैठक तथा छलफल कार्यक्रममा उक्त समिति गठन गरिएको हो । गठित समितिले अब वडाका हरेक टोलटोलमा विशेष गरि कोरोना भाईरस के हो ? लक्षण के के हुन् ? यसबाट बच्ने उपायहरुको बारेमा सचेतनामुलक कार्यक्रम गर्नेछ ।
वडा अध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, वडा सदस्यहरुको विशिष्ट अतिथ्यता, टोल बिकास सस्थाका अध्यक्ष र प्रतिनिधि, सामाजिक व्यक्तिहरु बिधालयका प्रधानाध्यापक, वडा बाल संजालका प्रतिनिधि लगायत वडाका बित्तिय संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागीतामा उक्त समिती गठन भएको हो । वडाले कोरोना भाईरस सम्बन्धि प्रचा र पम्पलेट साथै सचेनायुक्त व्यानर प्रत्येक टोल बिकास संस्थालाई उपलब्ध गराएको छ ।
वडा अध्यक्ष अर्यालले सेवाग्राहीहरुलाई साबुन पानीले हात धोएर वडामा प्रवेश गर्न आग्रह गरेका थिए । उनले वडामा १३ हजार जनसंख्या मध्ये ७३.४४५ प्रतिशतले सामाजिक संजाल चलाउने गरेको तथ्यांक अनुसार पनि सामाजिक संजालमा आईरहेका गलत प्रचारले त्रास बढेको भन्दै नआत्तिन र यसबाट बच्न र सबै वडा वासीले सरसफाइमा बिशेष ध्यान दिन आग्रह समेत गरेका छन् । कार्यक्रम आर टि खानको सञ्चालनमा सम्पन्न भएको हो ।