
लुदअ असार १४, काठमाण्डौ
आज देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आज देशभर नै सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जनसहित चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यी क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
आज राति प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

