Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

बझाङ पहरो अपडेट : ७ जना बेपत्ता

लुदअ, असार २०
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । पहिरोले पुरेका १७ घरका ७ जना बेपत्ता भएको जानकारीमा आएको वडाध्यक्ष गणेश बोहराले उज्यालोलाई जानकारी दिए ।

गएराति पहिरो आएपछि अरु सुरक्षित ठाउँमा लागेका पनि उहाँले बताउनुभयो । स्थानीयबासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् । पहिरोले के कति क्षति पुग्यो भन्ने विस्तृत विवरण भने आइसकेको छैन ।

स्थानीयबासिन्दाले खबर गरेपछि नजिक रहेको प्रहरीको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्ग अन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै ५ घण्टा लाग्छ । तर जयपृथ्वी राजमार्गको कचालीखोलामा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान सकेको छैन । अहिले बाटो खुलाउने प्रयास भैरहेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *