ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पोहोरको तुलनामा झण्डै दोब्बर वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

लुम्बिनी दर्पण २०७७ असार २१, आईतवार ०३:१३
[sharethis-inline-buttons]

लुदअ असार २१, काठमाण्डौ
यो वर्ष मनसुन सुरु भएपछि पोहोरकोभन्दा झण्डै दोब्बर बढी पानी परेको छ । मनसुन सुरु भएपछि अहिलेसम्म २६ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

गएको वर्ष यही अवधिमा जम्मा १३ दशमलव ३ मिलिमिटर मात्रै पानी परेको थियो । मनसुन अवधिभर नेपालमा सरदर १५ सय ३ दशमलव ५ मिलिमिटर पानी पर्ने गरेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो । यस्तै देशका अरु मुख्य स्टेशनमा मापन गरिएको सरदर वर्षा पनि औषतमा राम्रो भएको उहाँले बताउनुभयो ।

मनसुन अवधिभर काठमाण्डौ उपत्यकामा ११ सय ३० दशमलव ३ मिलिमिटर सरदर पानी पर्ने गरेकोमा यो वर्ष ३ सय १९ दशमलव ६ मिलिमिटर अर्थात २८ दशमलव ७७ प्रतिशत पानी परिसकेको छ । यस्तै सरदरमा ३१ सय ८९ दशमलव १ मिलिमिटर पानी पर्ने गरेको पोखरामा यो वर्ष ७ सय ७७ दशमलव ९ मिलिमिटर अर्थात् २४ दशमलव ३९ प्रतिशत पानी परिसकेको छ ।

सरदर १५ सय ५७ दशमलव ६ मिलिमिटर पानी पर्ने विराटनगरमा यो वर्ष ७ सय ३७ दशमलव १ मिलिमिटर अर्थात् ४७ दशमलव ३२ प्रतिशत पानी परिसकेको छ । सरदरमा १३ सय ३५ दशमलव २ मिलिमिटर पानी पर्ने नेपालगञ्जमा यो वर्ष २ सय ३४ दशमलव १ मिलिमिटर अर्थात् १७ दशमलव ५३ प्रतिशत पानी परिसकेको कँडेलले बताउनुभयो ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउँछ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन प्रवेश गर्छ । तर यो वर्ष दुई दिन ढिला अर्थात् जुन १२ देखि मनसुन नेपाल प्रवेश गरेको थियो । गएको वर्ष नेपालमा १० दिन ढिलो अर्थात् जुन २० अर्थात् असार ५ मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । कहिलेकाहीँ मनसुन सक्रिय हुन समय लाग्छ भने कुनै वर्ष छिट्टै सक्रिय हुने गर्छ । सामान्यतया मनसुन नेपाल प्रवेश गरेको ७ दिनभित्र देशभर फैलने गरेको छ । यसैबीच अझै केही दिन देशभरको मौसम सामान्यतया बद्ली भएर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मनसुन सक्रिय नै भएकाले पानी पर्ने सम्भावना भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले पनि देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । दिउँसो प्रदेश १, २, गण्डकी र प्रदेश ५ मा ठूलो पानी पर्ने सम्भावना छ भने अरु ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । राति भने प्रदेश १,२ र बागमती प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।


प्रकाशित : २०७७ असार २१, आईतवार ०३:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech