Latest Posts

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

Latest Posts

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले बताएका छन् । स्थानियले विधुतको […]

Arv

l

देशभर वर्षा, केही ठाउँमा बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन आग्रह

लुदअ असार २६, काठमाण्डौ
लगातार पानी परिरहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले देशभर पानी परेको छ ।

सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ । कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ ।

त्यस्तै बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार र आसपासमा भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

कास्कीको पोखरा आसपास ठूलो पानी परेको छ । नारायणी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *