९ जना संक्रमित थपिएसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७ सय ५६ पुग्यो, ७ सय ३५ निको

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असार ३०
कपिलवस्तुमा ९ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित बाणगंगा र शिवराज नगरपालिकामा थपिएका हुन् । सोमबार बाणगंगामा १ र शिवराजमा ८ गरि ९ संक्रमित थपिए सँगै जिल्लामा संक्रमितको जम्मा संख्या ७५६ पुगेको छ ।संक्रमित संख्या ७५६ भए पनि ७३५ जना निको भएर घर फर्किसकेका छन् । यो तथ्यांकअनुसार ९७ प्रतिशत संक्रमित निको भएका छन् भने ३ प्रतिशत मात्रै उपचाररत छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकअनुसार अब २० जना संक्रमित मात्रै उपचाररत रहेका छन् । कपिलवस्तुमा संक्रमित संख्या धेरै देखिए पनि निको हुनेको संख्या पनि सन्तोषजनक रहेको छ ।


प्रकाशित : २०७७ असार ३०, मंगलवार ०१:३१