Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

भोटेकोशी नदीमा एक्कासी बाढी, देशभरको मौसम आँशिक बदली

लुदअ साउन १, काठमाण्डौ
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा एक्कासी बाढी आएको छ । भोटेकोसी र सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै बलेफी नदीमा पनि बाढी आएको छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने अनुमान छ । त्यस्तै आज कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्तीका केही साना सहायक नदीमा आकश्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

यी नदीमा ठूलो बाढीको जोखिम नरहेको तर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहदै काम गर्न महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसूनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।

अहिले देशका केही ठाउँमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर सामान्य बदली रही केहि ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *