सामाजिक सञ्जालमा प्रहरी र नेतालाई गाली गर्ने कपिलवस्तुका युवा पक्राउ

ByLumbini Darpan Online

१६ चैत्र २०७६, आईतवार ०९:३७ १६ चैत्र २०७६, आईतवार ०९:३७ १६ चैत्र २०७६, आईतवार ०९:३७

लुदअ १६ चैत, कपिलवस्तु
सामाजिक सञ्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीचोकबाट एक जना युवा आइताबार बिहान पक्राउ परेका छन्। मायादेवी गाउँपालिका १ ईमिलीयाका सफिक खानलाई ईलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको हो।

पकडी चोकमा मोबाईल पसल सञ्चाल गर्दै आएका खानले प्रहरीलाई चुतिया र नेतालाई चोर भनी शनिबार राति ६ बजेर ५९ मिनेटको सयममा आफनो फेसबुक वालमा पोस्ट गरेका थिए। कोरोनाका विषयमा आक्रोसित भएर उनले सो पोष्ट गरेका थिए। खानलाई जिल्ला प्रहरी कार्यालय पठाईएको छ।

पक्राउ परेका खानसंग सोधपुछ र अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *