
कपिलवस्तु, ४ भदौ
हिन्दु महिलाहरुको महान चाड हरितालिक तीजको अवसरमा कांग्रेसको भातृ संगठन नेबिसंघ र तरुण दलद्धारा बिपन्न महिलाहरुलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल बिद्यार्थी संघ क्षेत्र नं.१ कपिलबस्तु र नेपाल तरुणदल जिल्ला कार्य समिती कपिलबस्तुले बाणगंगा नगरपाकिलाको– १० पटनाका १५ बिपन्न महिलाहरुलाई खाद्यान्न बांडेका हुन् ।
अति बिपन्न, दुखी तथा एकल महिलाहरुको परिवारलाई तिजको अवसर पार्दै राहत स्वरुप २५ किलोका दरले एकएक बोरा चामल, दाल, नुन, तेल लगाएतका खाद्य सामाग्री प्रदान गरीएको हो ।
तरुण दलका जिल्ला सभापति शक्ति सिह ठकुरी, नेपाल बिद्यार्थी संघका क्षेत्र नम्बरका सभापति चन्द्रकान्त पोख्रेल लगातयको टोलीले बिपन्न महिलाहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
सभापति ठकुरीले कोरोन भाइृरसका कारण जिल्लामा लामो समय देखि जारी लकडाउनले समस्यामा परको बिपन्न महिलाहरुलाईसमेत तीज जस्तो चाड मनाउन कालागि सो सामाग्री दिईएको बताए ।
क्षेत्रीय सभापति पोख्रेलले आफुहरुले खाजा खर्च कटाएर अति बिपन्न, दुखी तथा एकल महिलाहरुको चार्डपर्वका बेला चुलो बलोस भन्ने उद्धेश्यले राहत प्रदान गरिएको बताए ।
लकडाउन अवधि भर ती दुई संगठनले बिपन्न परिवारलाई खाद्य सामाग्री तथा लत्ता कपडाहरु प्रदान गर्दै आएका छन् ।

