
लुदअ कपिलवस्तु, १० भाद्र
कपिलवस्तुको पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाणगंगा नगरपालिका ७ मध्य वनगाईमा शव बोेकेको एम्बुलेन्स दुर्घट्ना भएको छ । नेपाल परोपकार फाउण्डेसन बाँकेको एम्वुलेन्स काठमाण्डौ टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ् जाँदै गर्दा बिहानको समयमा विद्युतको पोलमा ठोक्किएको हो ।
भे १ च २८९८ नम्वरको एम्वुलेन्स दुर्घटनामा परेको इलाका प्रहरी प्रहरी कार्यालय पिपराले जनाएको छ ।
लामो दुरीका कारण चालक निदाउदा र एम्वुलेन्सको गति तिब्र रहेकोले सो दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्वुलेन्स विद्युत पोलमा ठक्कर खाएको थियो भने विद्युतको पोल एम्बुलेन्सको माथि खस्दा समेत कुनै मानवीय क्षति नभएको प्रहरी निरिक्षक आयुष कुमार जोशीले जानकारी दिए ।
एम्बुलेन्स माथि र वरिपरी बिद्युतका तारले जेलीएको हुँदा विद्युत काटिए पछि मात्र एम्वुलेन्सबाट चालक र लाई वाहिर निकालिएको हो । चालक लाई भने कुनै चोट पटक समेत नलागेको र एम्बुलेन्समा क्षति भएको छ ।

