लकडाउनका कारण तहजिया व्यावसायी मारमा,

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

गुलामअली , भदौ १२ कपिलबस्तु

मोहरम पर्वका अवसरमा सदाका वर्षहरुमा तहजिया बाबा बेचेर जिविको पार्जन गर्दै आएका परिवारहरु यसपाली मारमा परेका छन् ।
तहजिया बाबा बनाएर बेच्ने ब्यवसायहरुले यसपलि लकडाउन का कारण ५ लाख रुपैया गुमाएको बताएका छन् ।
यस व्यवसायमा खाँसगरि मुस्लिम समुदायका विपन्न परिवारले बनाउदै बच्ने गरेका हुन् ।
कागजको बाबा (तहजिया ) बनाएर जीवको पार्जन गदै आएका कपिलबस्तु नगरपालिका साना ब्यवसायाहरुलाई हात मुख जोरन समस्या भएको छ ।
कोरोना भाइरस महामारीको कारण बजार नखुलेपछि उनीहरुको बाबा (तहजिया ) बिक्री नभएको कपिलबस्तु नगरपालिका वडा न १ ब्यापारी राम जानअलीले बताए ।

बिक्री नभएपछि फल्ने अवस्था आइसकेको अलीले बताए ।
बाबा (तहजिया) तैयारी अवस्थामा रहेको तर बिक्री हामीकंहा गरने , कसलाई बेच्ने भन्ने ब्यापारीले बताउछन् । दैनिक २ घण्टा लागि मात्रपसल खेलेको छ । बाबा(तहजिया) नबिक्री भएपछि हामी आफनो घर खर्च कसरी चलाउने , आफनो जिवनयापन कसरी गर्नै भन्ने ब्यापारी बताउछन् ।
मोहरममा बाबा बिक्री गरेरा प्रत्येक बर्ष उनीहरु ३ लाख देखि ५ कमाउने ब्यापारी रामजानअलीले बताए । तर यसपालि कोरोना भाइरसले हाम्रो बाबा बिक्री नहुँदा हामी समस्या परको बताउछन् ।


प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार ०८:१७