हेल्प फर ह्याप्पिनेस कपिलवस्तुद्धारा विपन्न परिवारलाई राहत प्रदान

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु,भदौ १७
समाजमा रहेका साहाराविहिन नागरिकहरुको साहारा बन्ने उद्देश्यले गठन गरिएको हेल्प फर ह्याप्पिनेस (Help for Happiness) कपिलवस्तु शाखाले स्थापनाको छोटो अवधिमा उदाहरणिय कार्य गरेको छ । विशव महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९ ) को संक्रमण फैलन नदिन लकडाउनका कारण छाक टार्न गाह्रो भएका विपन्न परिवारलाई राहत प्रदान गरी उनीहरुको घाउमा मलम लगाएको हो । संस्थाले कपिलवस्तुले जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ९ पडरिया निवासी दुई अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले जानकारी दिएका छन ।

विश्व व्यापी रूपमा फैलिएको कोरोना महामारी नेपालमा पनि आफ्नो प्रकोप देखाइसकेको बेला हेल्प फर ह्यापिनेसले स्थानीय सरकारसँग समन्वय गरेर विपन्न परिवारको घर दैलोमा सहयोग लिएर पुगेको हो ।

कार्यक्रममा प्रमुख अतिथि वाणगंगा नगर कार्यपालिका सदस्य केशरा गुरुङले उक्त कार्य उदारहणिय रहेको बताउँदै सस्ंथा पञ्ति धन्यवाद व्यक्त गरिन ।

त्यस्सै सिद्धबाबा टोल विकास संस्था पडरियाकी अध्यक्ष फूलमाया गुरुङ्ग र कोषाध्यक्ष कमला पाण्डेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हेल्प फर ह्यापिनेसका अध्यक्ष निर्मल शर्माले समाजमा रहेका विपन्न र दुखीहरुको साथ बनेर सदैब उनीहरूको मुहारमा खुशी ल्याउने प्रतिवद्धता गर्दै सम्पूर्ण सहयोगी हातहरुलाई धन्यबाद दिएका थिए । उनले विशेष गरी लकडाउनका कारण रोगले भन्दा भोकले तड्पिएका अति विपन्न परिवारको जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्य गरेको बताउँदै उक्त कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

अति विपन्न परिवारले यो विषम परिस्थितीमा राहत प्रदान गरेकोमा खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।

राहत प्रदान कार्यक्रममा संस्थाका उपाध्यक्ष मधुसुदन भुसाल, कार्यक्रम संयोजक सुशील आचार्य, सदस्यहरु नारायण पौडेल र माधव अर्यालको उपस्थिति रहेको थियो भने संस्थाका सहसचिव विशाल अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ भाद्र १७, बुधबार १६:०६