लक्ष्मणघाट बोलबमधाममा किरियापुत्री भवन र होम कुण्ड निर्माण हुदै

[sharethis-inline-buttons]

लुदअ,भाद्र २८ ।

बाणगंगा नगरपालिका वार्ड नं ६ लक्ष्मणघाटमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल लक्ष्मणघाट बोलबमधाम परिसरमा किरियापुत्री भवन र होम कुण्ड निर्माण हुने भएको छ ।

करिव २ लाखको लागतमा निर्माण हुन लागेको सो किरियापुत्री भवन निर्माण गर्नका लागी बुटवल निवासी पार्वती पाण्डेबाट एक लाख पचास हजार सहयोग प्राप्त भएको र बाँकी नपुग रकम बोलबमधाम समितिले व्यहोर्ने लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रनबहादुर काउचाले जानकारी दिएका छन् । यसै गरी सोही स्थलमा हवन कुण्ड र परेवाको खोर निर्माण कार्य चलिरहेको अध्यक्ष काउचाले बताएका छन् ।

आज लक्ष्मणघाटमा बसेको समितिको बैठकले सो को बारेमा जानकारी गराएको छ । बैठकले असोज मसान्त सम्म लक्ष्मणपार्क र शिवलिङ्ग को बाँकी रहेको पैसा संकलन गरी सार्वजनिकीकरण गर्ने समितिका सचिव प्रकाश भुसालले बताएका छन् । बैठकले संस्थाको लेखा परिक्षण र नविकरण गर्नका लागी संस्थाका अध्यक्ष रनबहादुर काउचा, सचिव प्रकाश भुसाल, सदस्य सन्दिप न्यौपाने,अन्जित खनाल प्रेस सल्लाहकार थानेश्वर अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरेको संस्थाका उपाध्यक्ष सत्यनारायण थारुले जानकारी गराएका छन् ।


प्रकाशित : २०७७ भाद्र २८, आईतवार १३:३४