
ओम प्रकाश पौडेल । कपिलवस्तु, ५ असोज ।
विपन्न परिवार कि किशोरीको दुबै मृगौला फेल भए पछि उपचारमा समस्या भएको छ । दाङ जिल्ला बंगलाचुली गाउँपालिका वडा नम्बर ७ सल्लीकुना स्थायी घर भई हाल वाणगंगा ८ मधुवनमा आफ्नो फूपाजूको घरमा बसी उपचार गराई रहेकी जानिता सारुको उपचारमा समस्या भएको हो ।
बुवाको ज्याला मजदुर पेशा र विपन्न पारिवारिक आर्थिक अवस्था भएकोले हाल सम्म झण्डै ९ लाख रुपैैँया ऋण सर सापटी खोजेर उपचार गराई रहेकोमा अब पुरानो पैसा तिर्न नसकेको कारणले थप पैसा खोज्ने उपाय नभएकोले किशोरिको नियमित डायलासिस समेत रोेकिएको छ । घर उपचार गर्ने अवस्था नभएर अस्पातालबाट घरमा पुर्याएकोमा हामीले सर सहयोग संकलन गरेर भए पनि उपचार गर्नु पर्छ भनेपछि हाल वाणगंगा ८ मधुवानमा रहेको हाम्रो घरमा बसेर उनले स्वास्थ्य उपचार सेवा लिई रहेकी छिन् जानिताका फूपाजु झविन्द्र सारुले बताए । यस अघि नै उनको उपचारमा झण्डै ९।१० लाख खर्च भैसकेको छ यहाँ आएपछि पनि लगभग १ लाख रकम खर्च भैसकेको छ अब खोज्ने ठाउँ पनि सकिएका छन् उनले भने ।
हाम्रो आर्थिक अवस्था कमजोर नै छ तैपनि बाबा आमाले सकि नसकि अहिले सम्म उपचार गराउनु भयो तर अब नियमित डायलासिस गर्न र मृगौला फेर्न कत्ति पनि पैसा छैन् लौन मलाई बँचाउनुस विरामी जानिताले कारुणिक स्वरमा भनिन् ।
२०७६ फागुन देखि उपचाररत किशोरीको उपचारमा मनकारी मनहरुले अब सहयोग पुर्याउन नसकेमा उनलाई बचाउन नसकिने पारिवारिक अवस्था रहेको छ । सोहि कारण सहयोग गर्न चाहानेहरुले जानिताका पूmपाजु झविन्द्र सारुको फोन नम्बर ९८४९४८७४८८ र बैंक खाता नं ०३९००५००८४७६५ (मेघा बैंक जितपुर) मा सम्पर्क गरि आर्थिक सहयता प्रदान गर्नु हुन् विरामीकी आमाले अपिल गरेकी छन् ।

