डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कपिलवस्तुमा रिले अनशन तथा धर्ना

ByLumbini Darpan Online

१२ आश्विन २०७७, सोमबार ०९:३० १२ आश्विन २०७७, सोमबार ०९:३० १२ आश्विन २०७७, सोमबार ०९:३०

हरि आचार्य कपिलवस्तु, असोज १२
चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुंच र सुधारको माग गर्दै आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको मागगर्दै युवाहरुले धर्ना तथा प्रदर्शन गरेका छन् । डा. गोविन्द केसी समर्थन समूह कपिलवस्तुको योजनामा जिल्लाको वाणगंगा १ जितपुर चौकमा विहान युवाहरुले स्वत स्फुर्त शान्तिपूर्वक रिले तथा धर्ना शुरु गरेका हुन् ।

अनशनरत डा. केसीको अवस्था दिन प्रतिदिन विग्रदै गएको प्रति युवा विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका छन् । धर्ना कार्यक्रमको करीब २० जना युवाहरुले सामुहिक नेतृत्व गरेका छन् ।

सरकारले डा. केसीको जीवन रक्षाको ग्यारेन्टी नगर्दा सम्मका लागि धर्ना तथा प्रदर्शन कार्यक्रम दैनिक रुपमा संचालन गरिने आन्दोलनरत अगुवा युवा चन्द्रकान्त पोख्रेलले बताए ।

त्यस्तै आम सर्वसाधारणको सहज पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ज्यान जोखिममा राखी अनशन बसेका डा.केसीका मागहरु सम्बोधन गर्ने सरकारले पटक पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको भन्दै यथाशिघ्र कार्यान्वयन गर्न अर्का युवा निर्मल शर्माले माग गरे ।

युवाहरुको धर्ना तथा प्रदर्शन प्रति स्थानीय, विभिन्न संघ संस्थाहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *