पृथ्वीमा सुर्यको जस्तै नेपालमा पनि राजसंस्थाको विकल्प छैन : शिवसेना अध्यक्ष बस्नेत

ByLumbini Darpan Online

२९ मंसिर २०७७, सोमबार ०८:५९ २९ मंसिर २०७७, सोमबार ०८:५९ २९ मंसिर २०७७, सोमबार ०८:५९

लुदअ कपिलवस्तु, मंसिर २९
जसरि पृथ्वीमा सुर्यको विकल्प छैन, त्यसरी नै नेपालमा राजसंस्थाको विकल्प नभएको शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बाबा बस्नेतले बताएका छन् । ‘एक नेपाल, एक निती, धर्म निती’ भन्ने मुल नाराका साथ राजसंस्था पुर्नवहालीको मागसहित कपिलवस्तुमा आयोजना गरिएको बृहत कार तथा मोटरसाईकल ¥यालीमा उपस्थित भएका केन्द्रि अध्यक्ष बस्नेतले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

अध्यक्ष बस्नेतले देशको सबै भन्दा ठुलो तागत जनता भएकोले जनताले चाहेमा राजसंस्था अवश्य फर्कने भन्दै जनता स्वतः स्फुत रुपमा राजसंस्थाको पक्षमा रहेको दावि गरे । मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि अब हरेक नेपालीको आत्मामा राजसंस्था आवश्यकताको महशुस भएको उनले बताए ।

पत्रकारको जिज्ञासा मेटाउदै अध्यक्ष बस्नेतले धर्म साझा, देश साझा, राजा साझा यो मुल मन्त्रलाई लिएर आफुहरु आगाडि बढेकाले अवश्य जनताले बुझ्ने विश्वास व्यक्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *