लक्ष्मणघाट मा.वि.को व्यवस्थापन समितिको अध्यक्षमा भट्टराई

थानेश्वर अधिकारी 
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ लक्ष्मणघाटमा रहेको लक्ष्मणघाट मा.वि.मा आज विद्यालय व्यवस्थापन समितिको पुर्नगठन भएको छ । गठित व्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी हुमनाथ भट्टराई चयन भएका छन् भने समितिको सदस्यमा सुकदेव चौधरी थारु, पूर्ण प्रसाद शर्मा पौडेल, सलिमा पाण्डे थापा, जानकी चौधरी, लक्ष्मी पोख्रेल, शुशिला उपाध्याय र डिल्लीराज शर्मा (शिक्षक प्रतिनिधी) चयन भएको विद्यालयले जनाएको छ ।

त्यस्तै समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नै बस्ने प्रावधान अनुसार चेतनाथ पौडेल चयन भएका छन् । विद्यालयको समग्र पक्षको व्यवस्थापन सँगै लक्ष्मणघाट मा.वि.को शैक्षिक गुणस्तरका लागि गठित व्यवस्थापन समितिले अब सक्रिय भुमिका खेल्ने अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाएका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *