साना किसान कृषि सहकारी जग्दिशपुरको चौथो साधारण सभा संम्पन्न , प्रदेशकै नमुना बनाउने उदघोष

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जग्दिशपुर
साना किसान कृषि सहकारी संस्था जग्दिशपुरको चौथो साधारण सभा आज संम्पन्न भएको छ ।
१० गतेबाट टोल टोलमा समिति गठन गरि आज तेस्रो दिन संस्थाको भवनमा साधारण सभा संम्पन्न भएको हो ।


संस्थाले आर्थिक वर्ष ०७६/०७७ मा कुल ८ करोड ६६ लाख १८ हजार ५ सय ३९ बराबरको आय व्यय सार्वजनिक गरेको थियो । साधारण सभामा बोल्दै प्रमुख अतिथि कपिलवस्तु नगरपालिका कि उपमेयर लक्ष्मी गुप्ता ले बोल्दै साना किसानले यस क्षेत्रका बास्तविक किसानको हितमा उल्लेख्य काम गरेको बताएकि थिईन् ।

त्यस्तै बिशिष्ठ अतिथि वडा नं १० का अध्यक्ष मोहनलाल शर्मा ९ का शिव बहादुर वाग्ले, अतिथिहरु सामुदायिक विधुत वितरण केन्द्र जग्दिशपुरका अध्यक्ष अब्दुल रसिद खाँ लगाएतले बोल्दै संस्थाले छोटो समयमा निकै प्रगति गरेको भन्दै प्रशंशा समेत गरेका थिए ।

उनिहरुले थप सफलताको शुभकामना र आवश्यक सहयोग समेत रहदै आएको बताएका थिए । संस्थाका सदस्यहरु कालिका उपाध्याय, निर्मला गौतम,अन्जना राना भाट, लगाएतले संस्थागत विकासका लागि आफुहरु जस्तो सुकै चुनौति सामना गर्न तयार रहेको बताए । त्यस्तै संस्थाकि अध्यक्ष शशिकला मौर्यले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रदेशमै नमुना साना किसान बनाउन लागि पर्ने भनाई रहेको थियो । कार्यक्रम व्यवस्थापक बसन्त मुराउको संचालनमा संम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष १३, सोमबार १०:३४