ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना कहरः कांग्रेश अघिअघि सरकार पछि पछि राहत लिएर । तरुण र विद्यार्थी बढि सक्रिय ।

लुम्बिनी दर्पण २०७७ बैशाख ४, बिहीबार ०९:१९
[sharethis-inline-buttons]

ओम प्रकाश पौडेल ।
कपिलवस्तु । ४ वैशाख २०७७ ।
विश्वव्यापी महामारी कोभिड १९ अर्थात कोरोना भाइरसका कारण राहतको प्रतिक्षामा रहेका कपिलवस्तुबासीका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेश क्रियाशिलताका साथ राहत वितरणमा लागेको देखिएको छ । अझ त्यस्मा पनि पार्टी पंक्ति भन्दा नेपाल विद्यार्थी संघ र तरुण दलको झन क्रियाशिलता देखिएको छ ।

नेपाल विद्यार्थी संघ र तरुण दल सबै भन्दा पहिला कोरोना भाइरस फैलिन सुरु गर्दा वित्तिकैबाट राहत वितरणमा तल्लिन छन् तर सरकारी संयन्त्रले भने लक डाउन भएको झण्डै ३ हप्ता सकिनै लाग्दा राहत वितरण गर्न सुरु गरेको छ । विधि र प्रक्रिया पुरा गर्दा गर्दै पिडित समक्ष राहत पुग्न समय लागेको वाणगंगा नगरपालिकाका मेयर मंगल थारुको भनाई छ ।

नेपाली कांग्रेश र त्यसको भातृ संगठनको क्रियाशिलताले त्यस तर्फ जनलहर देखिने देखेर नेकपाका केहि नेताले भने एकद्धार प्रणालीबाट राहत वितरण गर्नु राम्रो हुने भन्दै सोहि अनुसार राहत वितरण गर्दा राम्रो हुने धारणा राखे । त्यत्ति मात्रै हैन नेपाली कांग्रेशले यो विषम परिस्थितिमा पनि राजनीति गर्न खोजेको आरोप लगाए । यद्यपी एकद्धार प्रणालीबाट वितरण गर्दा कसैले दोहोरो राहत लिने र कसैले पाउँदै नपाउने अवस्था नहुने जानकारहरु बताउँछन् । आफूहरुले उठाएको राहत बाँड्न सरकारलाई दिँदा उनीहरुलाई राजनीतिक हिसाबले विभेद गरेर पनि बाँड्ने सम्भावना हुने, राहतको दुरुपयोग हुने, र पिडितले समयमै राहत नपाउने अवस्था रहने भएकोले आफूहरु राहत वितरणमा खटिएको कांग्रेशका नगर कार्यवहाक सभापति विष्णु थापा र नगर सचिव रामजी सेनको प्रतिक्रिया छ ।

राहत वितरणमा प्रमुख प्रतिपक्ष दल अघिअघि र सरकार लुरुलुरु पछि पछि लागेर भएपनि आहतमा रहेका परिवारले राहत महशुस गरिरहेको पूर्व सिंचाई राज्य मन्त्रि तथा नेपाली कांग्रेशका जिल्ला सभापति सुरेन्द्र राज आचार्यले बताउनुभयो । नेपाल तरुण दल जिल्ला कार्यसमिति र नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ कपिलवस्तुको आयोजना तथा मातृपार्टी नेपाली कांग्रेश क्षेत्रीय कार्यसमिति तथा वाणगंगा नगरकार्यसमितिको संयोजनमा राहत वितरणमा तिव्रता दिइएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।

दुखिहरुको घाउमा मल्हम लगाउँदै आएको आफूहरुको विगतलाई निरन्तरता दिएको नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको भनाई छ । चैत्र दोस्रो साता देखि नै नगरपालिका भरिका ११ वटै वडामा ४५ घर परिवारका दरले र कोठा भाडामा लिएर वस्ने ५० जना विद्यार्थीहरु समेत गरेर ६५० भन्दा बढि परिवारका झण्डै ३ हजार जना समक्ष ७ लाख रुपैयाँ बराबरको तेल, चामल, दाल र नुन तरुण र नेविसंघले राहत स्वरुप वितरण गरेका छन् । यस्तै वाणगंगा नगर बाहिर पनि सोहि टोलिले कपिलवस्तु नगरपालिकाका ३ वडा वडा नम्बर ९,१० र ११मा तथा मायादेवि गाउपालिका ३ नम्बर वडामा गरी १६० परिवारलाई वैशाख ३ मा राहत वितरण गरेको तरुण दलका क्षेत्रीय सभापति तिलक थापाले जनाउनुभयो । राहत वितरणमा संघिय व्यवस्थापिका सांसद अत्तर कमाल, नेपाली कांग्रेश अर्घाखाँची कपिलवस्तु सम्पर्क समिति, नेपाली कांग्रेश क्षेत्रीय समिति, वाणगंगा नगरसमिति र तरुणदल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ को सहयोग रहेको नेविसंघका क्षेत्रीय सभापति पोख्रेलको भनाई छ । नेपाली कांग्रेश सदैव जनताको सुख दुखको साथी बन्ने भएकोले आफूहरुले सक्दो राहत जनता समक्ष पु¥याउन पहल गरिरहेको नेपाली कांग्रेशका प्रभावशालि नेता, केन्द्रिय सदस्य एवं संघीय व्यवस्थापिका सांसद अत्तहर कमालको भनाई छ ।

यस्तै कपिलवस्तु क्षेत्र नम्बर ३ का लोकप्रिय युवा नेता संघिय व्यवस्थापिका सांसद अभिषेक प्रताप साह पनि राहत वितरणमा व्यस्त देखिनु भएको छ । यसविचमा सांसद शाहले शिवराज नगरपालिकामा २० क्वीन्टल चामल, कृष्णनगरमा २० क्वीन्टल चामल, विजयनगरमा २० क्वीन्टल चामल, महाराजगंग नगरपालिकाका ३ वडा भलवारी उदयपुर कुशहवामा १० क्वीन्टल चामल राहत स्वरुप वितरण गरेको उहाँका कार्यवहाक स्वकीय सचिव सन्तोष कुमार यादवले तथ्यांक उपलब्ध गराउनुभयो । उहाँले विजयनगर वडा नम्बर ५ को क्वारेन्टाइनमा रहेको वेला निधन भएका गोवद्र्धन भरको परिवारलाई राहत स्वरुप १० हजार रुपैयाँ सहयोग गरेको बताइएको छ । जनताको दुःखलाई आफ्नै दुःख महशुश गर्ने भएकोले राहत वितरणमा आफू खटिएको सांसद शाहको दावी छ ।
सरकारले जिल्ला भरिमा १० हजार १८ परिवारलाई राहत बाँड्दा वाणगंगा नगरपालिकाले भने १९३५ परिवारलाई राहत वितरण गरेको सरकारी तथ्यांक छ ।


प्रकाशित : २०७७ बैशाख ४, बिहीबार ०९:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech