रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

ByLumbini Darpan Online

२६ बैशाख २०७८, आईतवार १२:०९ २६ बैशाख २०७८, आईतवार १२:०९ २६ बैशाख २०७८, आईतवार १२:०९

आइतबार २६ बैशाख,

रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको छ ।शनिबार कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते कोरोना पोजेटिभ देखिएका तिलोत्तमा–३ का ४० वर्षीय पुरुषको आइतबार मध्यान्ह १२स्२१ बजे अस्पतालको इमर्जेन्सीमै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।

यस्तै वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भई इमर्जेन्सीमा भर्ना भएकी बुटवल–८ की ६५ वर्षीया महिलाको आइतबार मध्यान्ह १२स्२० मा मृत्यु भएको हो । यसैगरी वैशाख २४ मा कोरोना पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल–३ की ७४ वर्षीया महिलाको शनिबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६८ पुगेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *