२९ वैशाख, बुटवल ।
हिजो साझ देखी अहीले सम्म लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै ज्यान गएको हो ।
मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६स्३५ बजे र वैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५स्३३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।
यस्तै मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७स्५२ बजे र वैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५स्५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए ।
यस्तै बुटवल(६ का ४४ वर्षीय पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालको एचडीयूमा मंगलबार साँझ ७ बजे मृत्यु भएको उनले जानकारी दिए ।
डा। गौतमले संक्रमितको चाप बढेपछि अस्पतालमा आईसीयू र एचडीयू दुवै थरी बेड भरिभराउ भएकाले अक्सिजन नभइ नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था रहेको गुनासो गरे ।
योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।