वैशाख २९, काठमाडौँ

देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो । जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्।
यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । गएको २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *