घरघरमा सर्वसाधारणले अक्सिजन सिलिन्डर स्टक राख्न थालेका कारण अस्पतालमा अभाव भएको निश्कर्षसहित यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कडाइ थालेको छ । पछिको लागि भन्दै घरमा वा संस्थामा अक्सिजन सिलिण्डर स्टक नगर्न आग्रह गर्दै प्रशासनले स्टक भए पनि नजिकको सुरक्षा निकायलाई जानकारी गराई दिन अनुरोध गर्दै बिना जानकारी स्टक राखेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार सूचना जारी गर्दै कोभिडका नयाँ भेरिएन्टबाट उत्पन्न महामारीको विषम परिस्थितिका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको र त्यसको उपचारको लागि आवश्यक पर्ने अक्सिजन ग्यासको अभावमा परिस्थिति दैनिक जटिल बन्दै गएको उल्लेख गरेको छ । अस्पतालमा अक्सिजनको अभाव भए पनि महामारीको डर र त्रासका कारण बिभिन्न ब्यक्ति तथा संस्थाले अक्सिजन सिलिण्डर घरमा लगि स्टक राख्ने गरेको सूचना जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । पछि चाहिन्छ भनेर घर वा संस्थामा होल्ड गरेर राखिएका सम्पूर्ण अक्सिजन सिलिण्डरको विवरण नजिकको सुरक्षा निकायमा चाडो भन्दा चाडो जानकारी गराई दिन प्रशासनले आग्रह गरेको छ । सूचनाको अवज्ञा गरि विना जानकारी ब्यक्ति र संस्थाले अक्सिजन राखेको पाईएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

घरमा अक्सिजन स्टक नराख्न रुपन्देही प्रशासनको आग्रह , जानकारी विना राख्नेलाई कारवाही गर्ने चेतावनी
लुम्बिनी दर्पण
२०७८ बैशाख ३०, बिहीबार १२:०३
[sharethis-inline-buttons]
प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १२:०३











- वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
- ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
- ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
- इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
- इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
- कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री
- रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार
- इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्यो रजिष्ट्रेसन प्रक्रिया
- मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो
- सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
सामाजिक संजालमा हामी
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech