०५ जेठ

काठमाडौं
पछिल्लो २४ घन्टामा ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार ६४ नमूना पीसीआर र १०९ नमूनाको एन्टिजेन गरी ८ हजार १७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

डा। गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४६ जनाको मृत्यु भएको छ। थप ७ हजार ९८९ जना कोरोनामुक्त भएका छन्।

यस्तै काठमाडौं उपत्यकामा २४ सय ८८ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हाल ९५४ जना क्वारेन्टाइनमा छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *