८ जेष्ठ, बुटवल ।
रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्याको ग्राफ निरन्तर ओरालो लागेको छ भने निको हुनेको संख्यामा बढेको छ । जिल्लामा पछिल्लोे २४ घण्टाको अवधिमा ६४० जनाको कोरोना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २६ प्रतिशत हो । जिल्लामा केही समय अघि परीक्षणको ५० प्रतिशत भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा२४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । जसमध्ये १९ हजार २६६ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ५३१ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार १९४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।
रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्याको ग्राफ निरन्तर ओरालो ,१६७ जनामा संक्रमण पुष्टि ,थप २ मृत्यु
लुम्बिनी दर्पण
२०७८ जेष्ठ ८, शनिबार १२:२६
[sharethis-inline-buttons]
प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १२:२६















- असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
- होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
- एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने
- सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै
- बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
- दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
- नेता मोहम्मद अफताब आलमको मृत्यु
- युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने
- बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने
- बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग



लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech



