राहत बाँड्दै, भोको भेट भर्दे संगीतकर्मी संघ र हामी नेपाली ग्लोवल

[sharethis-inline-buttons]

कपिलवस्तु – सामाजिक सेवा भावले ओतप्रोत हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघले बिगत १४ दिन देखी निरन्तर रुपमा राहत तथा बेसाहारा अनाथ र लकडाउनका कारण रोजी रोटी गुमेको मानिसहरुलाई खाना खुवाउदै मानव सेवामा सक्रिय भइरहेको छ ।

अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन ९निशेधाज्ञा०का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

अभियानका क्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, अभियानकर्मीलाई स्वास्थ्य सामाग्री बितरण देखी लिएर लकडाउनका कारण समस्यामा परेका कलाकार, बेसाहारा, असहाय ,जेष्ठ नागरिक लगायत आम सर्वसाधारणलाई खाना खुवाउने देखी लिएर दाल, चामल, तेल, नुन लगायतका खाद्यान्न सामाग्री सहयोग गर्दे आएको छ ।

यसै सन्दर्भमा आज बालाजु मन्दिर परिषरमा रहेका करिव ३०० जना बेसहरा अनाथ,विपन्न र लकडाउनका कारण रोजी रोटी गुमाएका मानिसहरुलाई खाना खुवाइएको हामी नेपाली ग्लोवलका अध्यक्ष तथा नायक अमृत लामाले बताए । यस्तो महामारीको बेला सरकारलाइ मात्रै दोष दिनु भन्दा हामी सबै नेपालीहरु एक भएर आ आफ्नो ठाउँबाट सहयोग गर्न सके जस्तो सुकै बिपत्तीको पनी सामाना गर्न सकिने अध्यक्ष लामाले बताए । अमेरिकामा बसेर सामाजिक सेवा भावले स्थापना गरिएको हामी नेपाली ग्लोवल संस्था मार्फत आफ्नो मातृभुमी नेपालमा आई सहयोग गर्न पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको अध्यक्ष लामा बताउँछन् ।

मानिसको आधारभुत आवश्यकता भनेको गास , बास र कपास भएकाले सो को प्रत्याभुती राज्यले गर्नुपर्ने र बिषम परिस्थितीमा हामी जस्ता संघ संस्था र नागरिक समाजको पनी कर्तव्य हुन आउने राष्ट्रिय संगीतकर्मी संघ महासचिव तथा बिपत व्यवस्थापन समितिका संयोजक विक्रम जंग शाहले बताएका छन् ।

 

 

 


प्रकाशित : २०७८ जेष्ठ ८, शनिबार १६:३९