रुपन्देहीमा थप ६ जना संक्रमितको मृत्यु

ByLumbini Darpan Online

११ जेष्ठ २०७८, मंगलवार ११:३३ ११ जेष्ठ २०७८, मंगलवार ११:३३ ११ जेष्ठ २०७८, मंगलवार ११:३३

११ जेठ, बुटवल ।
रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जनामध्ये तीनजना रुपन्देहीका तथा पाल्पा,नवलपरासी र कपिलवस्तुका एक–एक जना हुन् । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा एकजना, भीम अस्पतालमा चारजना र युनिभर्सल शिक्षण अस्पताल भैरहवामा एकजनाको मृत्यु भएको हो । जेठ १० गते कोरोना संक्रमण पुष्टी भइ सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका रैनादेवी गाउँपालिका–२ पाल्पाका ६४ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । यस्तै सिद्धार्थनगर नगरपालिका–८ का ५३ वर्षीय पुरूष, सिद्धार्थनगर–२ का ७८ वर्षीय पुरूष, रुपन्देहीको रोहिणी गाउँपालिका–५ का ५० वर्षीय र कपिलवस्तु नगरपालिका–१ का ४६ वर्षीय पुरुषको उपचारको क्रममा भीम अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले बताए । यस्तै, युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१० की ५६ वर्षीया महिलाको पनि मृत्यु भएको सूचना अधिकारी शुशील गुरुङले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *