१५ जेठ, काठमाडौं ।
सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।
वैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।