
वीरगन्ज ः ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए । देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै छैन। त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ।’ उनका अनुसार कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको छ ।