रुपन्देहीमा २४ घण्टामा १४७ जनामा संक्रमण पुष्टि , २५३ जना कोरोनाबाट मुक्त

ByLumbini Darpan Online

२० जेष्ठ २०७८, बिहीबार १२:१० २० जेष्ठ २०७८, बिहीबार १२:१० २० जेष्ठ २०७८, बिहीबार १२:१०

२० जेष्ठ,
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जनाको कोरोना परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको भने २५३ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा ५२ संक्रमण पुष्टि भएको छ । यसैगरी बुटवल उपमहानगरपालिकामा ३५ जना, सैनामैना नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ९ जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ७३३ पुगेको छ । जसमध्ये २४ हजार ७३७ जना निको भएका छन । हाल जिल्लामा १ हजार ७०० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४४३ पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *