रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २०१ जना कोरोनाबाट मुक्त भएका छन् भने ७६ जनामा संक्रमण पुष्टि भएका छन् । ६६१ जनाको कोरोना परीक्षण गर्दा भने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३÷१३ जना, सैनामैना नगरपालिकामा १० जना, देवदह नगरपालिकामा ८ जना, ओमसतिया गाउँपालिकामा ६ जना, कञ्जन गाउँपालिकामा ३ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ९५६ पुगेको छ । जसमध्ये २४ हजार ९३८ जना निको भएका छन । हाल जिल्लामा १ हजार ५७२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४४४ पुगेको छ ।




















