लुम्विनी दर्पणका कार्यकारी सम्पादक अधिकारी कोभिड हिरो अवार्ड २०२१ बाट सम्मानित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,कपिलवस्तु ।

लुम्बिनी दर्पण साप्ताहिकका कार्यकारी सम्पादक थानेश्वर अधिकारी कोभिड १९ हिरो अवार्ड २०२१ बाट सम्मानित भएका छन् । अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।

अधिकारी लाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तराष्टिय संस्थाले सहयोग गरेको हो । जोखिमका बेला हामी नेपाली ग्लोवल नामक अन्तराष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघको सहकार्यमा करिव १ महिना देखी निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भैरहेको छ । सो संस्थाले गरेका गतिबिधि, राहत तथा सहयोगको निरन्तर रुपमा समाचार सम्प्रेषण गर्नुका साथै सन्देशमुलक भिडियो, स्थानिय तहले कोभिड प्रतिकार्यका लागी गरेका काम र सो को प्रभावकारिता बारेमा कपिलवस्तुका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सँग भर्चुअल सम्बाद कार्यक्रम संचालन गरेका थिए ।

लक्ष्मणघाट सामाजिक विकास केन्द्र र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा बाणगंगा नगरपालिका वडा नं ५ र ६ मा रहेका कोरोना सक्रमितहरुलाई पोषण सामाग्री तथा स्वास्थ्य सामाग्री सहयोग लगायतका सामाजिक कार्यमा उनी सक्रिय हुदै आएका थिए ।

सानै उमेर देखी सामाजिक सेवा भावले ओतप्रोत अधिकारी जन्मघर कास्की पोखरा भएता पनी कर्मघर कपिलवस्तु बनाउँदै आएका छन् । करिव २ दर्जन सस्थामा आवद्ध उनी यो सम्मानले आफुलाई अझ जिम्मेवारी बोध गराउदै सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा मिलेको बताउँछन् ।


प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १५:१०