राष्ट्रिय संगीतकर्मी संघ कास्कीद्वारा २९ घर परिवारलाई राहत वितरण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,कास्की । राष्ट्रिय संगीतकर्मी संघ कास्कीले आज २९ घर परिवारलाई लाई राहत सामाग्री वितरण गरेको छ। अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस ९कोभिड १९० को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका कारण राहत वितरण गरेको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए । सबै क्षेत्रका दुखमा पर्दा हर पटक सहयोग गरिदै आएको र यो पटक पनि लकडाउनको बेला सहयोग गरेको कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए ।

राष्ट्रिय संगीतकर्मी संघ कलाकारको हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै जाने संस्था रहेको कास्की जिल्ला ईन्चार्ज लिला पौडेलले बताए ।संगितकर्मि संघ कास्कीको राहत वितरणमा हाम्रो पनि समर्थन रहेको र यस संस्था सँग जोडिएर कलाकार को हकहितका लागि काम गर्ने तयार रहेको दोहीरी ब्यबसाय संघ कास्कीका कोषाध्यक्ष कुमार परियारले बताएका छन् । राहत वितरण लकडाउन अबधि भर रहने र यसको सबै सुचना आम नेपाली टिभीले दिने कार्यक्रम सह संयोजक राजन सुबेदीले बताए ।

यस कार्यक्रममा संस्थाका सल्लाहकार फर्ष बहादुर भाट क्षेत्री, सल्लाहकार नारायण प्रसाद सिक्देल संगठन बिभाग प्रमुख ईश्वर राज भण्डारी महिला उपाध्यक्ष सपना सापकोटा गण्डकी प्रदेशका प्रवत्ता पुर्ण वाग्ले इतिहास को सहभागीता रहेको थियोे ।


प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार ११:३३