कोभिड १९ विरुद्धको भेरोसेल खोप आज देखि लगाइदै

ByLumbini Darpan Online

२५ जेष्ठ २०७८, मंगलवार ०६:३२ २५ जेष्ठ २०७८, मंगलवार ०६:३२ २५ जेष्ठ २०७८, मंगलवार ०६:३२

कोभिड १९ विरुद्धको भेरोसेल खोप आज देखि लगाइदैछ । चीनले केही दिनअघि अनुदानमा पठाएको १० लाख डोज खोप आजदेखि देशभर लगाउन लागिएको हो । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि खोप दिन लागिएको छ । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ । यसैविच रुपन्देहीमा ६२ देखी ६४ वर्ष उमेर समुहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी छ । जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लाका सबै पालिकामा गरि ६९ वटा केन्द्रबाट खोप लगनउन लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरिले बताउनुभयो । यता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हिजो एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोना विरुद्धको भेरोसिल खोप लगाइने जनाएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *